ताजा समाचार

रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी

काठमाडौं १० साउन । पुरातात्विक मान्यताविपरीत निर्माण सुरु गरेपछि विवादमा आएको रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारी भएको छ ।

यसबारे रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ ।

२०७२ को भूकम्पले पोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्याए पनि यसलाई ब्युटिफिकेसन गर्ने भन्दै आधुनिक निर्माण सामाग्री प्रयोग गरेर पुननिर्माण सुरु गरेपछि विवाद भएको थियो । यो खबर आजको कान्तिपुरमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org