ताजा समाचार

काठमाडाैं आइपुग्यो एनएसीको दोश्रो वाइबडी विमान

काठमाडाैं १०, साउन । नेपाल एयरलान्सले दोश्रो वाइडबडी विमान आज भित्र्याएको छ  । युरोपेली विमान कम्पनी एयरवसले निर्माण गरेको वाइडबडी निगमले अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।

ए ३३०-२०० सिरिजको वाइडबडी ९ बजेर २१ मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको हो। विमान ल्याउन निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारसहितको टोली फ्रान्स पुगेको थियो ।

‘मकालु’ नाम दिइएको विमानको कल साइन ९ एनएलजेट छ ।

विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।

निगमले यसअधि गत असार १४ गते पहिलो वाइडबडी विमान भित्र्याएको थियो । भने, उक्त विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org