ताजा समाचार

डा. केसीको उपचार गर्न प्रधानमन्त्रीको निजी चिकित्सक शाहको संयोजकत्वमा समिति गठन

काठमाडाैं १०, साउन । डा. गोबिन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको छ ।

२७ दिनदेखि आमरण अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक भइरहेका रिपोर्टहरु आइरहेका बेला सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा दिव्या शाह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन भएको छ ।

शाह प्रधानमन्त्री आेलीको निजी चिकित्सक हुन् । उनी डा. केसीको समर्थक पनि हुन भने, उनले सरकार र केसीपक्षबीच सहमतिका लागि समन्वय समेत गरिरहेकी छन ।

स्वास्थ्य उपचार टोलीमा सदस्यहरु क्रमश: सहप्राध्यापक डा. सुवास आचार्य, प्रा. डा प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली उप-प्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा रहेका छन् ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक मन्दिरा वन्तले  डा. केसीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन तथा स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय तथा सहकार्य गर्न निर्देशन दिएकी छन् ।

सरकार र डा. गोबिन्द केसी पक्षबीच आज पुन: वार्ता हुँदै छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org