ताजा समाचार

कांग्रेसको अर्को वखडा : सभामुख वा उपसभामुखको राजीनामा

काठमाडौं १२,साउन। डा.गोविन्द केसीको अनसन प्रकरणमा सरकारलाई घुँडा टेकाएर हौसिएको विपक्षी दल नेपाली कांग्रेसको अबको मिसन के होला ? सो पार्टीका वरिष्ठ नेताका अनुसार अब सभामुख र उपसभामुखमध्ये एकजनालाई राजीनामा गराई छाड्ने कांग्रेसको मिसन हुने छ ।

प्रतिनिधिसभामा मात्रै होइन, सबै प्रदेशमा सभामुख र उपसभामुख एउटै दलको हुन नहुने कांग्रेसको मागदाबी छ ।

प्रतिपक्ष कमजोर भएको आरोप खेपिरहेका बेला अब कांग्रेसले सरकारका कमजोरीहरुलाई मुद्दाका रुपमा उठाएर शक्ति सञ्चय गर्दै संगठन सुदृढीकरण गर्ने रणनीति लिने सो पार्टीका नेता बताउँछन् ।

‘संघीय संसदमा र प्रदेशहरुमा पनि सभामुख र उपसभामुख अलग-अलग पार्टीको हुनुपर्छ भनेर संविधानमा प्रष्ट रुपमा उल्लेख भएको छ’ कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने, ‘दुईमध्ये एक पद छोड्दैन भने हामी सदन र सडकमार्फत यो मुद्दालाई लिएर सशक्त आन्दोलन गर्छौं ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org