ताजा समाचार

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

काठमाण्डाै १२, साउन । लगातारको वर्षापछि खसेको पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ ।

कैलालीको चुरे गाउँपालिका–५ निङ्लाडीमा शुक्रबार बेलुका ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

डोजरले सडकमा खसेको पहिरो पन्छाएपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, कुलपाते डोटीका इन्जिनियर महानन्द जोशीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा तरार्इबाट पहाड हिँडेका र पहार्डबाट तराइका लागि छुटेका सम्पूर्ण सवारीका साधन तथा यात्रुहरु बाटोमा अलपत्र परेका थिए ।

सडकको अवरोध हटेसँगै रोकिएका सवारी साधनहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org