ताजा समाचार

होटलभन्दा राम्रो हिरासत

काठमाण्डाै १३, साउन । सल्यान प्रहरीले होटलभन्दा राम्रो हिरासत बनाएको समाचार पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ । सदरमुकाम खलंगामा बनाइएको हिरासत कक्षमा सफा र चिटिक्क परेका बेड, सफा ओढ्ने ओछ्याउने, झ्यालको व्यवस्था र कैदीबन्दीलाई पत्रिकाहरु पढ्ने व्यवस्था गरिएको छ । हरेक कैदी बन्दीलाई छुट्टा छुट्टै बेडको व्यवस्था छ ।

यसअघि हिरासतमा महिला र पुरुषका लागि दुई वटा मात्र कोठा थिए । त्यहाँ कम्तिमा २५ जनालाई कोचेर राख्ने गरिएको थियो । कोठाभित्रै पिसाब फेर्नुपर्थ्यो । अँध्यारो कोठा भएकाले दिउँसै बत्ति बाल्नुपर्ने अवस्था थियो भने ओढ्ने ओछ्याउने पनि मुस्किलले पुग्थ्यो ।

सल्यान प्रहरी प्रमुख डिएसपी भरतबहादुर विकले बताए, ‘मानवअधिकारका दृष्टिकोणले उपयुक्त हिरासत बनाएका छौं ।’

हिरासत अवलोकन गरेपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आधुनिक हिरासतलाई दीगो बनाउनुपर्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org