ताजा समाचार

किशोरी बलात्कारका बारे जानकारी दिन, सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौँ १३,साउन ।  सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसदको मागपछि सभामुख महराले सो घटनाका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले सभामुख र उपसभामुखका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले सो विषयमा सदनमा छलफल हुन नसक्ने जानकारी दिए । सांसदले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने भन्दै पटक पटक धारणा राखेपछि सभामुखले अदालतमा विचाराधीन मुद्दामाथि छलफल हुन नसक्ने स्पष्ट पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org