ताजा समाचार

नेपाल-चीन हिमालय फ्रेन्डसिप सोसाइटीद्वारा विभिन्न पाँच जिल्लालाई एम्बुलेन्स वितरण

काठमाडाैं १३, साउन । नेपाल-चीन हिमालय फ्रेन्डसिप सोसाइटीद्वारा चीन सरकारको आर्थीक सहयोगमा विभिन्न पाँच जिल्लालाई एम्बुलेन्स हस्तान्त्रण गरेको छ ।

बिशेष समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र चिनियाँ राजदुत यु होंगले संखुवासभा, लमजुङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लाकासम्बन्धित अधिकारीलाई एम्बुलेन्स हस्तान्त्रण गरेका हुन् ।

यस्तै, नेपाल-चीन हिमालय  फ्रेन्डसिप सोसाइटी अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष आनन्द पोखरेलले एम्बुलेन्स वितरण गर्न पाँउदा अत्यन्तै खुसी लागेको बताउदै अस्पतालमा पुर्याउन डोको काट्नु नपर्ने र विरामीको अकाल मै मृत्यु नहुनेमा आफू विश्वस्त रहेको जनाए ।

प्रतिनिधि सभा सदस्य तथा ने क पाका केन्द्रिय सदस्य मा.राजेन्द्र गौतमले संखुवासभामा एम्बुलेन्स पुर्याउन पाउँदा जनताको घरदैलोमा गएर गरेको चुनावी बाँचामा केहि राहत महशुस भएको जनाए । संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रशाद खतिवडालाई एम्बुलेन्स हस्तान्त्रण गर्दै गाैतमले जिल्लामा स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउनु पर्ने जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org