ताजा समाचार

डिएलएको अध्यक्षमा योगेन्द्र बहादुर अधिकारी बिजयी

काठमाडाैं १४, साउन । नेपाल डेमोक्य्राटिक लयर्स एशोसियशन (डिएलए)को गैडाकोट, नवलपुरमा सम्पन्न १० आैं महाधिवेशनबाट अधिवक्ता योगेन्द्रबहादुर अधिकारी अध्यक्षमा ४३१ मतसहित निर्वाचित भएका छन् ।

अधिकारीले सिताराम केसी र राजकुमार श्रेष्ठलाई पराजित गर्दै डिएलएको अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै, अधिकारीले ४३१ मत ल्याउँदा केसीको पक्षमा ३३४ मत आयो । यस्तै अर्का उम्मेदवार श्रेष्ठले ४२ मत ल्याए ।

अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले आकांक्षा देखाएका थिए तर अन्तिममा तीनजनाबीच चुनाबी प्रतिष्पर्धा भएको थियो ।

डीएलएमा संस्थापन पक्ष कमजोर रहेकाले वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका केसी र अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहेका अधिकारी प्यानलबीचमा प्रतिस्पर्धा भएको थियो।

महाधिवेशनले डीएलएलाई पहिलोपटक प्रदेश संरचना लगेको छ । प्रदेश संरचनामा जाँदा केन्द्रीय समिति ४३ सदस्यीय बनाउने गरी विधान संशोधन भएको थियो।

महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष एक–एक जना प्रदेश उपाध्यक्ष सात जना, सचिव दुई जना सदस्य २४ जना निर्वाचित गरेको छ ।

सम्बन्धित समाचार:

डिएलएको अध्यक्षमा योगेन्द्र बहादुर अधिकारी नै किन ? अधिकारी यस्तो भन्छन्… (भिडियोसहित)

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org