ताजा समाचार

एनआइसी एशिया र आेम हस्पिटलबीच सम्झाैता, कर्मचारीका परिवारदेखि ग्राहकलाई सम्म उपचारमा १० प्रतिशत छुट

काठमाडाैं १५, साजन । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैकका सम्पूर्ण ग्राहकलाई उपचारमा १० प्रतिशत छुट हुने गरी सम्झौता भएको छ ।

यस्तै, सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त सुविधा पाउने भएका हुन् ।

सम्झौता पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर जयन्द्र रावल र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुन ।

बैंकले २ सय ३३ शाखा, २ सय २१ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १५ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको वासलातको आकार १ अर्ब ७४करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

बैंकको कुलकर्जा करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org