ताजा समाचार

दुर्घटनामा तीनको मृत्यु

रसुवा १५, साउन । धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न पुग्दा भएको सो दुर्घटनाका घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org