ताजा समाचार

अवैधानिक रुपमा शैक्षिक परामर्श सञ्चालन नगर्न मन्त्रालयको चेतावनी

काठमाडौँ १५, साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘आइडिपी एजुकेशन स्टुडेन्ट सर्भिस’लाई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले परामर्श सेवा सञ्चालनका लागि उक्त संस्थाले अनुमति नलिएकाले काम रोक्न निर्देशन दिइएको जानकारी दिए । संस्थाले केही दिनअघि पत्रकार सम्मेलन गरी शुक्रबारदेखि परामर्श सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षाका सेवाहरु सञ्चालन गर्ने संस्थाले प्रचलित ऐन नियमका अतिरिक्त शिक्षा ऐन (आठौँ संशोधन) २०२ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धि निर्देशिका २०७३ को व्यवस्थाबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सेवा सञ्चालन अनुमति लिएर मात्र कम्पनीको उद्देश्यअनुसारका सेवाहरु सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

उनले परामर्श सेवा सञ्चालन अनुमतिविना नै सेवा सञ्चालन गर्न खोजेको उक्त संस्थाबाट सेवा नलिन सम्पूर्ण अभिभावक तथा विद्यार्थीलाई अनुरोध गरेका छन् । उहाँले बिनाअनुमति शैक्षिक परामर्श सेवा सञ्चालन गरेमा कानूनबमोजिम कारबाहीसमेत हुने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org