ताजा समाचार

प्रधानन्यायाधिश प्रकरण: जोशी आउट, कांग्रेसको काँध भारी सावित

काठमाडाैं १६, साउन । विवादित बनेको प्रधानन्यायाधिश अनुमोदन प्रक्रिया टुङ्गो लगाउका लागि आज दिउँसो दिनको साढे तीन बजे संसदिय सुनुवाई समितिको बैठक बस्दै छ तर, उच्च स्रोतका अनुसार कामू प्रधानन्यायाधिश दीपकराज जोशीलाई प्रधानन्यायाधिशमा ने क पाले अस्विकृत गर्ने करिब-करिब पक्का भएको छ ।

संसदिय सुनुवाई समितिका एक सदस्यका अनुसार ने क पाका सदस्यहरु जोशीको अनुमोदन अस्विकृत गर्नुका कारणबारे स्पष्ठ भएकाले सो कुराको घोषणासहित अस्विकृत गरेर जाने अन्तिम टुङ्गोमा पुगेका बताएका छन् ।

यता, नेपाली कांग्रेस भने जोशीको पक्षमा रहने र अस्विकृत गरिएपछि विरोधका कार्यक्रम ल्याउने तयारी गरिरहेको स्रोतले जनाएको छ । कांग्रेसमा कुनै चमत्कार भएन भने आजै देखि सांकेतिक आन्दोलनका कार्यक्रम गरेर संसदमा यसको कडा प्रतिवाद गर्नेमा नेका पुगेको छ । स्रोतका अनुसार जोशीलाई अस्विकृत गर्नु नै न्यायालयप्रतिको हस्तक्षप भएको ठहर छ ।

आज केहि समयमै सुरु हुने बैठकमा कांग्रेसले उपसमितिको गठन माग गर्ने अनि प्रक्रिया लम्ब्याएर ने क पालाई गलाउने कोसिस गर्ने कांग्रेसको आन्तरिक रणनीति रहेको स्रोतले बतायो ।

डा. गोबिन्द केसीको मागमा जस्तै जताततै हमला र आन्दोलन गर्दा सरकार कमजोर हुने र अन्तिममा आएर लम्पसार पर्ने विश्लेषण कांग्रेसको छ । तर, ने क पा भने, स्पष्ठ बहुमत हुँदाहुदै गलत नजिर नबसोस भनेर अन्तिम समयसम्म सहमतिका लागि पहल गर्ने पक्षमा देखिएको छ ।

यस्तै, ने क पाको उच्च स्रोतका अनुसार आजै फैसला हुने र जोशी अस्विकृत हुने भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org