ताजा समाचार

सुन प्रकरण अनुसन्धानः २ सय ९३ जना अनुसन्धानको घेरा राखि समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौँ  १७, साउन । ३३ किलो सुन प्रकरणपछि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।

सय दिनभन्दा लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो।

सनम शाक्य हत्या र ३३ किलो सुन एकाएक हराएपछि सरकारले गत चैत ३० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो। समितिले ७ सय ५२ पेजको सुझाव सहितको प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा अहिलेसम्म समितिले गरेका कामहरूको बारेमा जानकारी गराइएको छ। त्यस्तै अनुसन्धान अझै अपुरो नै रहेकाले आगामी दिन हुने अनुसन्धानलाई सहज बनाउन सुझाव समेत दिएको समितका सदस्यले बताए।

समितिले अहिलेसम्म गरेको अनुसन्धानमा ७५ जनालाई प्रतिवादी बनाएको छ। जसमा ९ जना प्रहरी अहिले जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षको लागि थुनामा छन्। समितिले तयार पारेको प्रतिवेदनमा मुख्य सुन तस्कर को हो भनेर खुलाएको छैन।   प्रतिवेदनमा करिव ३ सय जनालाई थप अनुसन्धानको घेरामा राखिएको छ।

प्रतिवेदनमा मोहन कुमार अग्रवाललाई मुख्य लगानीकर्ताको रूपमा देखाइएको छ। त्यस्तै दुबईबाट आएको सुनको नेपालमा व्यवस्थापन गर्ने जिम्मेवारीमा चुणामणि उप्रेती गोरेलाई बनाइएको छ। नेपालको पैसा दुबई अवैधरुमा हुन्डीमार्फत पठाउने कार्यमा व्यवसायी विमल पोद्धार लगायत भएको उल्लेख गरिएको समितिका एक सदस्यले बताए। त्यस्तै प्रतिवदेनमा

माघ ९ गते विमानस्थलबाट सजिलै बाहिरिएर हराएको ३३ किलो सुन कहाँ छ? कसले लुट्यो भन्ने विषय भने प्रतिवेदनमा समेत स्पष्ट छैन। समितका एक सदस्यले भने,’ हराएको सुन कहाँ छ भन्ने स्पष्ट उल्लेख छैन। आगामी अनुसन्धानमा भेटिएला।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org