ताजा समाचार

कर्णालीमा नेकपालाई दलको नेता छान्न सकस

काठमाडौं १७, साउन ।  कर्णाली प्रदेशमा नेकपाका शीर्ष नेताबीच मत नमिल्दा संसदीय दलको नेता चयन हुन सकेको छैन  । पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भए पनि दलको नेता छनोटमा सहमति बन्न सकेको छैन । दलको नेता को हुने भन्ने विवाद प्रदेशस्तरमा नमिलेपछि केन्द्रमा लबिङ सुरु भएको छ ।

कँडेल र शाहीको दाबी

संसदीय दलको नेताका लागि पूर्वएमाले नेता यामलाल कँडेल र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच प्रतिस्पर्धा छ । शाही पूर्वमाओवादी नेता हुन् । कँडेल पूर्वएमालेका संसदीय दलका नेतासमेत हुन् । शाहीलाई मुख्यमन्त्रीमा कायम राखेर आफूलाई दलको नेता बनाउनुपर्ने कँडेलको माग छ । तर, उनलाई दलको नेता बनाउँदा दुईवटा शक्तिकेन्द्र बन्ने भन्दै शाही आफैँले पाउनुपर्ने लबिङमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org