ताजा समाचार

चितुवाको छालासहित तीन पक्राउ

काठमाडाैं १७, साउन । चितुवाको छाला ओसारपसार तथा खरिद बिक्रीमा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बागलुङ तमानखोला गाउँपालिका ६ का झलक छत्याल, देवेन्द्र रसाइली र ज्ञानेन्द्र सेन्चुरी रहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र क्षेत्रीय अनुसन्धान समूह पोखराको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चितुवाको छालासहित बुधबार पोखरा लेखनाथ महानगरपालिका ७ स्थित अन्नपूर्ण टोलबाट नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला बरामद गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।  पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पोखरामा बुझाइएको बताइएको छ।
वन कार्यालयले उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धि १९७५ विरुद्धको अपराध अन्तर्गत मुद्दा चलाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org