ताजा समाचार

नेको इन्स्योरेन्सले गर्यो शुभ गौतम इन्टरप्राइजेजलाई ५७ लाख विमा भुक्तानी

काठमाडाैं १८,साउन । नेको इन्स्योरेन्स बुटवलले आगलागीबाट शुभ गौतम इन्टरप्राइजेजलाई बिमा दावी बापतको ५७ लाख रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सको बुटवल शाखाले बिहिवार एक कार्यक्रम गरि गत फागनु १ गते भएको आगलागीमा जलेर ध्वस्त भएको इन्टरप्राइजेजका तर्फबाट भएको माग दावी बमोजिम विमा रकम प्रदान गरेको हो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमालले इन्स्योरेन्सले छिटो रकम भुक्तानी गरेर पिडितलाई राहत दिएको भन्दै प्रसंशा गर्नुभएको थियो । उहाँले सबै उद्योगी ब्यवसायीलाइ बिमा गरेर सुरक्षित गर्न पनि सुझाव दिए।
राष्ट्रिय उद्योग ब्यापार संघठन प्रदेश ५ का महासचिव खिमनारायण पराजुलीले समयमै विमा भुक्तानी हुँदा उद्योग ब्यवसायीलाइ राहत हुने भएकोले त्यसमा ध्यान दिन सुझाव दिए ।

त्यसअवसरमा नेको इन्स्योरेन्सका क्षेत्रिय प्रवन्धक रमेश बहादुर थापाले समयमै काम छिटोछरितो सेवा दिएकोले कम्पनीले स्थापनाकै छोटो अवधीमै सबैको बिश्वास जित्दै नेपालकै दोश्रो नाफा कमाउने इन्स्योरेन्स बन्न सफल भएको जानकारी दिए । उनले विमाबारे जानकारी लिन र त्यस अनुसार भुक्तानी दावी गर्न सुझाव दिए । उहाले भुक्तानि मा नेको इन्सोरेन्स पहिले र विज्नेशमा चौथो स्तानमा रहेको समेत जानाकारी दिए।

शुभ गौतम इन्टरप्राइजेजका संचालक जीवन गौतमले आगलागीबाट ब्यवायमा धेरै क्षति भोग्नुपरेको तर समयमै विमा भुक्तानी पाउँदा ब्यवसाय संचालन अघि बढाउन राहत मिलेको बताए ।
कार्यक्रममा राष्ट्रिय बाणिज्य बैक रामनगर शाखाका प्रबन्धक विष्णु पोखरेल,नेको इन्स्योरेन्सका अपरेश इन्चार्ज गोपीलाल पौडेल,पत्रकार केशव भण्डारी लगायतले व्यवसाय र विमाबीचको सम्वन्ध र सहकार्यले हुने फाइदाबारे बोल्नुभएको थियो । कार्यक्रममा इन्स्योरेन्सका डेभलेपमेन्ट अफिसर युवराज न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org