ताजा समाचार

घुमाउनेमा पहिरो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन १९,साउन ।  मुग्लिन  नारायणगढ सडकको घुमाउने भन्ने स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

आज (शनिबार) बिहान ६ बजेदेखि यातायात अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले रातोपाटीलाई जानकारी दिएको छ ।

यातायात अवरुद्ध हुँदा सयौं यात्रु समस्यामा परेका छन् । बर्खा लागेसँगै यस सडक खण्डमा पटक-पटक पहिरो खस्ने गरेको छ ।

पानी परिरहेका कारण पहिरो हटाउन समस्या परेको प्रहरीले जानकारी दिएको छ  । वर्षा रोकिए लगत्तै पहिरो सफा गरेर गाडी खुलाउने प्रहरीको भनाइ छ ।

राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो । पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ । यसअघि साउन १७ गते पनि सोही ठाउँमा पहिरो खसेर पाँच घण्टा सडक रोकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org