ताजा समाचार

मन्त्री महासेठद्वारा मुग्लिन–नारायणगढ सडकको स्थलगत निरीक्षण

काठमाडाैं २०,साउन ।  भाैतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले शनिवार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको स्थलगत निरीक्षण गरेका छन  । सडक निर्माण सम्पन्न भए पनि सामान्य वर्षा हुनासाथ पहिरोका कारण सडक अवरुद्ध हुने घटना पटकपटक दोहोरिएपछि उनले आज सो सडकखण्डको स्थलगत निरीक्षण गरेका छन  ।
तनहुँमा पुल उद्घाटनका लागि पुगेका  मन्त्री महासेठले सो सडकखण्डको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि तत्काल उपयुक्त उपाय पहिल्याउन सडक विभागका अधिकारीलाई निर्देशन दिए।
पटकपटक सडकमा पहिरो खसेका कारण यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । मन्त्री महासेठले पहिरो नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने सबै उपायको खोजी गर्नसमेत सडक विभागका अधिकारीलाई निर्देशन दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org