ताजा समाचार

अबिरल बर्षाका कारण भक्तपुर फेरि डुबानमा

काठमाडाैं २०, साउन । गएरातिदेखि परेको अबिरल बर्षाका कारण भक्तपुर डुबानमा परेको छ ।मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र डुबानमा परेको हो । गए रातिदेखिको वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो ।

बाढीका कारण केही घर टहरामा आंशिक क्षति पुगेको भक्तपुर प्रहरीले  जानकारी दिएको छ ।

अविरल वर्षाले खोलामा पानीको बहाव बढ्न थालेपछि सुरक्षाकर्मी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि गत असार २८ गते पनि भक्तपुर डुबानमा परेको थियो ।

यसैबीच, आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा वर्षा जारी रहने मौसमविदले बताएका छन् । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुन सक्ने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org