ताजा समाचार

पर्यटन बोर्ड कर्मचारी युनियन अध्यक्षमा मिश्र

काठमाडाैं २०,साउन । नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको कार्यसमितिको अध्यक्षमा कुन्दन शर्मा मिश्र निर्वाचित भएका छन  ।

समितिको उपाध्यक्षमा जानकी प्रसाद उपाध्याय, सचिवमा सन्तोष विक्रम थापा, सह-सचिवमा सिद्धार्थ विश्वकर्मा र कोषाध्यक्षमा रोशनी पौडेल छन् ।

कार्यक्रममा अध्यक्ष मिश्रले यूनियनले बोर्डलाई दीर्घकालिन हितका लागि खबरदारी मात्र हैन, सहयोगी संस्थाको रुपमा सदैव योगदान पुयाएको र आगामि दिनमा अझ सक्रिय योगदान पुयाउने बताए ।

बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले बोर्डको युनियनले एकताको भावना राखि ब्यवस्थापनलाई पुयाएको योगदान कदरयोग्य रहेको बताए ।

यसैगरी ट्रेड युनियनकर्मी डा. रेणु थापाले बोर्डको यूनियनको भूमिका उदाहरणीय रहेको र आगामि दिनमा आफैं उदाहरण बनेर ब्यवस्थापनलाई परिवर्तनका लागि दबाव दिन सुझाव दिइन् ।

कार्यक्रमका बोर्डको यूनियनका पूर्व अध्यक्षहरु काशिराज भण्डारी, दिपकराज जोशी, प्रदीप बस्नेत र सुधन सुवेदीलाई सम्मान गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org