ताजा समाचार

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडाैं २०,साउन ।    संघीय संसदको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ । पूर्वसांसद कमल पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक  सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको हो ।

हृदयघातका कारण नेपाली कांग्रेस स्याङ्जाका सभापति समेत रहेका पंगेनीको निधन भएको थियो ।

गएराति स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा  गरेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org