ताजा समाचार

दुईजना भारतीय नागरिक लागू औषधसहित पक्राउ

वीराटनगर २०, साउन ।  प्रहरीले वीरगञ्जबाट २ जनालाई लागू औषधसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत भेलाही बस्ने ३० वर्षीय निराजनकुमार र गाडीमा सवार भारतकै रक्सौलका १९ वर्षे राजन गुप्ता रहेका छन् ।

वीरगञ्ज महानगरपालिका-१६ वीरगञ्ज भन्सार कार्यालय अगाडिको सडकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विभिन्न सवारीसाधन तथा पैदल यात्रीहरुसमेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको बीआर०५एच ५८४३ नम्बरको सेतो रंगको स्कार्पियो गाडी चेकजाँचको क्रममा उनीहरुको साथबाट लागूऔषध बरामद भएको थियो ।

खैरो र निलो रंगको कपडाको झोलामा लागूऔषध इन्जेक्सन डाइजेपामा ५०० एम्पुल, नुफिर्न ५०० उम्पुल र फेनार्गन ५०० एम्पुल गरी जम्मा १५ सय एम्पुल लागूऔषध उनीहरुको साथबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

उनीहरुविरुद्ध लागू औषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org