ताजा समाचार

चौरजहारी अस्पताल तनावग्रस्त :स्थिति नियन्त्रण गर्न प्रहरिद्वारा दुई राउन्ड हवाई फायर

रुकुम, २०,साउन ।चौरजहारी नगरपालिका-१, मा सञ्चालित चौरजहारी अस्पतालमा तोडफोड भएको छ। अस्पतालमा उपचारत एक महिलाको मृत्यु भएपछि अस्पतालको लापरहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।

जाजरकोट भेरी नगरपालिका-१३, कुदुकी २८ वर्षीया यशोदा मल्ल आरसीको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको इमर्जेन्सी, ढोका तथा काउन्टरमा तोडफोड गरेका हुन्।

तनाव भएपछि अस्पतालको सुरक्षा दिन पुगेका प्रहरीसँग झडप भएको छ। प्रहरीले भिड नियन्त्रण लिन दुई राउण्ड हवाई फायर गरेको छ।

गत शुक्रबार अस्पतालमा भर्ना भएकी यशोदा मृगौला र पत्थरी बिरामी थिइन्। रोगले च्यापेपछि उनका आफन्तले जिल्ला बाहिर लान चाहेका थिए। तर जिल्ला बाहिर लान हेलिकोप्टर ल्याण्ड भएपछि मात्र अस्पताल प्रशासनले मृत्युको खबर दिएको थियो। त्यसपछि आफन्त आक्रोशित भएका हुन्।

आफन्तले गलत सुईका कारण विरामीको मृत्यु भएको आरोप लगाएका छन्। अस्पतालका डाक्टर कालेव बुढाले स्वास्थ्यकर्मीको लापरहबाहीको कारण विरामीको मृत्यु नभएको दाबी गरे। यशोदाको उपचारकै क्रममा मृत्यु भएको उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org