ताजा समाचार

काँडाघारीबाट ११ वर्षीय बालक अपहरित,संलग्नताको आशंकामा दुईजना पक्राउ

काठमाडाैं २१,साउन । काँडाघारीबाट ११ वर्ष वर्षीय निशान खड्का अपहरणमा परेका छन् ।

अपहरण परेलगत्तै अपहरणकारीले ४० लाख फिरौती माग गर्दै टेलिफोन गरेको प्रहरीले परिवारलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

बुबा रोजगारीको सिलसिलामा मलेसियामा र आमाले सामान्य चिया पसल सञ्चालन गर्ने गरेको पाइएको छ । निशान काठमाडौंमा आमासँगै बस्थे । उनी कक्षा ६ मा अध्ययनरत भएको बताइएको छ । पक्राउ परेकामध्ये एकजना महिला रहेकी छन् । प्रहरीले नजिककै आफन्तबाट अपहरण गरिएको हुन सक्ने आशंका गरेको छ ।
“४० लाख फिरौती माग गरेको पाइएको छ,” अपराध महाशाखाका एसएसपी सिंहले भने । उनका अनुसार अहिले काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरीले उनको खोजी जारी राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org