ताजा समाचार

अख्तियारका ४ आयुक्तले पाए सफाइ

काठमाडाैँ २२, साउन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् ।

सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो ।

२०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मंसिर ५ गते कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा झिकाएकी थिइन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरे, पूर्वप्रमुख आयुक्त दीप बस्नेत र आयुक्तहरु सावित्री गुरुङ, गणेशराज जोशीको योग्यता अख्तियारको आयुक्त हुन संविधानले तोकेको योग्यता नपुगेको दाबी गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org