ताजा समाचार

विप्लव नेतृत्व नेकपाका नेता ‘प्रकाण्ड’ दक्षिणकालीबाट पक्राउ, आन्दोलनका कार्यक्रममा नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडाैँ २३,साउन ।   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा  प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बनेका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरेका हुन्  ।

 जारी गरेका संघर्षका कार्यक्रमहरु विज्ञप्तिमा

साउन २५ गते देशव्यापी कोणसभा

साउन २६ गते विरोधसभा

साउन २७ गते भण्डाफोर

साउन २८ गते मसाल जुलुस

साउन २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ।

विप्लवले काठमाडौँको दक्षिणकालीबाट स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको दावी पनि गरेका छन् ।

‘सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org