ताजा समाचार

वाणिज्य बैंकहरुलाई भारुमा ऋण लिन बाटो खुला

काठमाडाैँ २४, साउन ।   नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ । बैंकहरुलाई स्रोतको अभाव भएपछि भारतीय रुपैयाँमा पनि ऋण लिने व्यवस्था गरिएको हो ।

केन्द्रीय बैकले यसअघि डलरमा कर्जा लिन सकिने व्यवस्था गरिसकेको थियो ।

भारतीय रुपैयाँमा सहज हुने तथा हेजिङ कस्ट नपर्ने भएकाले बैंकहरुको अनुरोधपछि चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत भारुमा कर्जा लिन आवश्यक व्यवस्था गरिने उल्लेख गरिएको थियो । आजको कारोबारमा समाचार छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org