ताजा समाचार

ने क पाको केन्द्रीय कार्यालय धुम्बाराही हुने

काठमाडाैँ २५,साउन ।    नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भएको छ । बिहिबार बसेको पार्टी हेडक्वार्टर बैठकले उक्त निर्णय गरेको हो ।  बैठकले पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा निर्माण हुनुअघि धुम्बराहीमा एमाले र पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो ।

त्यस्तै, बैठकले  केही समयअघि पारित गरिसकिएको विधान र नियमावलीलाई थप व्यवस्थित ढंगले संगठन सञ्चालन गर्नका लागि त्यसका विभन्नि विनियमहरु, निर्देशिकाहरु, आचारसंहिताहरु निर्माण गर्ने प्रयोजनका लागि कार्यदल निर्माण गर्ने निर्णय समेत गरेको छ ।

कार्यदलमा नेताहरु सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल रहेका छन् । यसअघि पार्टी एकतालगत्तै विधान र नियमावली पारित भैसकेको छ ।

बैठकले प्रादेशिक सांसद र सभाका सदस्यहरुलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय  गरेको छ भने साउन मसान्तभित्र राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने निर्णय समेत गरेको छ । त्यसैगरी बैठकले भदौ ७ र ८ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय समेत गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय समेत गरेको छ ।

सो टोलीले सेप्टेम्बर १२ देखि १९ सम्म हुने चीन भ्रमण गर्नेछ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org