ताजा समाचार

६१ करोडमा बिक्री भयो सौर्य एयरलाइन्स

काठमाडाैँ २५, साउन ।    निजी हवाई सेवा प्रदायक सौर्य एयरलाइन्स ६१ करोड रुपैयाँमा बिक्री भएको छ । व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको हो ।

लामो समयदेखि आर्थिक संकट झेलिरहेको सौर्य एयरलाइन्स अन्ततः नयाँ व्यवस्थापकीय टिमको जिम्मामा पुगेको छ । अबको केही दिनमै नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स सञ्चालन गर्ने भएको छ।

तर स्वामित्व हस्तान्तरण प्रक्रिया पुरा गर्न भने केही समय लाग्नेछ । तत्कालको अवस्थामा सबै स्वामित्व नयाँ व्यवसथापकीय टिमको हुनेछ । केही स्वामित्व आफूले पनि लिन सकिने नसकिने  भन्ने विषय छलफलबाट टुंगिने सौर्य एयरलाइन्सका तत्कालीन सञ्चालक दीपक पोखरेलले बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org