ताजा समाचार

आयल निगम जग्गा खरिद प्रकरण : फेरि संसदमा

काठमाडाैँ २५, साउन ।   अघिल्लो संसदीय समितिले दिएको निर्देशन कार्यान्वयनमा नआएपछि नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितता फेरि संसदीय समितिमा प्रवेश गरेको छ।

तत्कालीन उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले छानबिन गरी कारबाही गर्न तालुक मन्त्रालय र अख्तियारलाई दिएको निर्देशन परिणाममुखी नभएपछि सांसदहरूले निगमको जग्गा खरिद गर्दा भएको अनियमितताका विषयमा विभागीय मन्त्रीसँग जबाफ मागेका हुन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा सांसद रामवीर मानन्धरले निगमको जग्गा खरिदमा भएको अनियमितताबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको ध्यानाकर्षण गराएका थिए।

मानन्धर यसअघिको संसदीय समितिमा निगमको जग्गा खरिद अनियमितता छानबिन समिति सदस्य थिए।

तत्कालीन संसदीय समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै खरिदमा संलग्न अधिकारीमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो।, यो खबर आजको नागरिक दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org