ताजा समाचार

‘प्रकाण्ड’ धंसात्मक क्रियाकलापमा संलग्न थिए : गृहमन्त्री

काठमाडाैँ २५, साउन ।  गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टिकरण दिएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री वादलले प्रकाण्डको नाममा वारेन्ट जारी भएको बताए । नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले भने, ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’

 

प्रकाण्ड अपराधी हुन् भन्ने प्रश्नमा उनले भने, ‘जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’

बादल गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हथकडी लाग्यो भन्ने टिप्पणीहरु भइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री बादलले भने, ‘बादल गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो । अपराधीलाई नियन्त्रण लिने क्रममा यस्ता घटना हुन्छन् ।’

नेकपा विल्लव लगायतसँग राजनीतिक सम्वाद पनि गर्ने र प्रशासनिक रुपमा नियन्त्रण गर्ने नीति लिएको उनले बताए । राजनीतिक रुपमा समाधान खोज्न सरकारले सम्वादमा आउन आहृवान गरेको गृहमन्त्री बादलले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org