नयाँ ऐनले नीजि क्षेत्रसँग सहकार्य गर्न सहज
काठमाडाैँ २५, साउन । भरतपुर महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशन गरी अत्यावश्यक पाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ ऐनबाट नीजि क्षेत्रसँग सहकार्य गरेर काम गर्न, महानगरलाई कानून बनाउन, सहकारी र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन सहज हुनेछ । महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीले सार्वजनिक नीजि साझेदारीसम्बन्धी ऐन, २०७५ राजपत्रमा प्रकाशनको तयारीमा रहेको बताए ।
महानगरपालिका न्यायायिक समिति कार्यविधिसम्बन्धी ऐन, २०७५ प्रकाशनको तयारीमा छ । यसमा न्यायायिक समितिलाई दिइएको अधिकार र प्रयोग गर्ने कार्यविधि उल्लेख छ । मुद्दा कसरी लिने, कति दिनको म्याद तामेल गर्ने, मिलापत्रको ढाँचालगायत कुरा सो ऐनमा समावेश छ । यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ मा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम निर्माण गरिएको छ । संविधानको अनुसूची ८ र ९ मा स्थानीय सरकारलाई प्राप्त अधिकारलाई व्यवस्था गर्न उक्त ऐन बनाउनुपर्ने हुन्छ ।
“महानगरलाई निर्देशिका, कार्यविधि, मापदण्ड, तथा ऐन नियम बनाउने अधिकार दिइएको छ,” अधिकारीले भन्नुभयो । महानगरले सहकारी ऐन र शिक्षा ऐन २०७५ समेत प्रमाणीकरण गरेर प्रकाशन गर्दैछ । महानगरभित्र रहेका सहकारी र शिक्षा क्षेत्रको नियमन गर्न उक्त ऐन आवश्यक छ । पाँचवटै ऐन परिषद्बाट पारित भई प्रकाशनको तयारीमा छ ।
“महानगर प्रमुख रेनु दाहालबाट प्रमाणीकरण गरी स्थानीय राजपत्रमा प्रकाशित गरिँदैछ,” अधिकारीले भन्नुभयो । महानगरले स्थानीय क्षेत्रका विज्ञसँग परामर्श गरी ती ऐन निर्माण गरेको हो । महानगरको कार्यपालिका बैठकले स्थानीय राजपत्र प्रकाशन गर्नुपर्ने कार्यविधि पारित गरिसकेको छ । महानगरले यसअघि आर्थिक, आयव्यय विवरण र राजश्व ऐन प्रमाणीकरण गरी साउन १ गतेदेखि कार्यान्वयनमा ल्याइसकेको छ ।
महानगर प्रमुख दाहालले यथाशक्य छिटो पारित भइसकेका पाँच ऐन प्रमाणीकरण गरी राजत्रपमा प्रकाशित गरिने बताउनुभयो । “अन्य ऐन नियम पनि आवश्यकताअनुसार बनाउँदै लगिनेछ,” उनले भने ।
Comments
अरु समाचार
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...