ताजा समाचार

गृहमन्त्री बादललाई गृहजिल्लामा बिद्यार्थिद्वारा सम्मान

काठमाडाैँ २५, साउन । गृह जिल्ला चितवनमा गृह मन्त्री रामबहादुर थापा (बादल) लाई सम्मान गरिएको छ । रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रध्यापक र विद्यार्थीले उनलाई सम्मान गरेका हुन ।

शुक्रबार गृहमन्त्री थापालाई संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहका बचि सम्मान गरेका हुन् । तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थीसमेत रहेका थापा मुलुकको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ समग्र मुलुकै लागि गौरवको विषय भएको भन्दै उनीहरुले सम्मान गरेको हुन् ।

कृषि शिक्षा सर्वसधारणको पहुँचमा पुराउन, निजी क्षेत्रलाई दिने सम्बन्धन, कृषि परिषद् गठन र कृषि शिक्षा ऐन, नीति निर्माणका लागि पहल गर्नसमेत प्राध्यापक र विद्यार्थीहरुले सो अवसरमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको कृषि विश्वविद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए ।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले समाजवादी शिक्षा लागु गर्न सरकार अग्रसर भएको बताए। शिक्षामा अहिले अप्लसंख्यक पुँजीवादीको हावी भएको भन्दै उनले भने। ‘बहुसंख्यक अझै बाहिर छन्, त्यो हुनु हुदैन्, शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ ।’

सरकारले शिक्षामा निजी र सिन्डिकेटको अन्त्य गर्दै समाजवाद उन्मुख शिक्षालाई जोड दिएको बताउदै शिक्षामा पूजीपतिको दवदवा अत्न्य गराएरै छाड्ने प्रतिवद्धता जनाए ।

उनले विदेशमा नेपाली पढ्न जादाँ समेत नेपाली पुजी बाहिरीएको भन्दै यसको लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरी शिक्षा कसरी दिने भन्ने बारेमा सरकार गम्भीरमा छलफलमा रहेको समेत बताए । शिक्षा एकाधिकारीको अन्त्यका लागि आफुहरु कटिवद्ध भएर लाग्ने प्रपतवद्धता समेत व्यक्त गरेका थिए ।

सो अवसरमा उपप्राध्यापकहरु उदितप्रकाश सुवेदी, होमनाथ गिरी, अनन्तप्रकाश सुवेदी र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य आरके भट्टले कृषि विश्वविद्यालयको विकासका लागि ८ निजी कलेजको सम्बन्धन खारेज गरेकोमा सरकारलाई धन्यवाद दिदै अबका दिनमा कुनैपनि हालतमा निजीलाई सम्बन्ध दिन नहुने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org