को हुन ठूला माछा किन गरिदैछ, ३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल
काठमाडाैँ २६, साउन । सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ ।
समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन ।
आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो ।
तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ ।
समितिले ३ सय भन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो ।
केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप छ ।
टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्याई पूर्णविराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ ।
बारम्बार आफूहरु ठूला माछाको नजिक पुगेको बताइरहने गृहमन्त्री राम बहादुर थापा पनि प्रतिवेदन बुझाइएपछि मौन छन् ।
स्रोतका अनुसार, यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानविन समितिसमक्ष केही नेतको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ ।
पोद्दारले कमिसनमा केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको खबर आएपछि अनुसन्धान झन् सुस्ताएको बताइन्छ ।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...