ताजा समाचार

सरकारले केहिपनि गरेन भन्ने कुरा साँचो होइनः प्रचण्ड

काठमाडाैँ २६, साउन ।   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले केहि पनि गरेन भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा शनिबार प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले जनताका गुनासा तथा चिन्ताहरु पाटी र नेतृत्वलाई राम्रोसँग अवगत भएको बताए ।

‘जतनाको अपेक्षा धेरै थियो’, उनले भने, ‘अपेक्षा अनुसार काम गर्न कमी आएको भन्नेमा समिक्षा गर्न सरकार र पाटी तयार छ । सरकार पनि तयार छ पार्टी त्यस प्रति गम्भिर छ ।’
प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको पनि बताए।

अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो ।’ उनले कर र मूल्यबृद्धि सम्बन्धी जनताको चिन्ता आफूहरुले पनि महशुस गरेको र त्यसलाई सम्बोधन गर्न उपायहरुको खोजी भइरहेको जानकारी दिए ।

चीन तथा भारतको भ्रमणका बारेमा प्रष्ट पार्दै अध्यक्षले भने, ‘अहिले हामी समृद्धि र विकासको यात्रामा अगाडि बढ्दै गएको परिस्थिति हो । भारत र चीन जाँदा विकास निर्माणका कामलाई गति दिने उद्देश्यले दुबै छिमेकीसँग अझ राम्रो वातावरण बनाउने र सहयोग जुटाउनेमा मेरो भ्रमण केन्द्रीत हुन्छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org