ताजा समाचार

बालुवाटारमा प्रधानमन्त्री ओली र केसीबीच भेटवार्ता हुँदै

काठमाडाैँ २६, साउन । आज प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबिच भेटवार्ता हुँदैछ । बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने तय भएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

चिकित्सा शिक्षा विधेयकमा भएको तोडमोडको विरोधमा डा. केसी २७ दिनसम्म अनशन बसेका थिए । सरकारसँग सम्झौता भएपछि साउन १० गते अनशन तोडेका थिए ।

तर सम्झौता कार्यान्वयनमा सरकार उदासिन भएको डा. केसीको आरोप छ । यहिबीचमा प्रधानमन्त्रीसँग हुन लागेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । डा. केही बिहान ११ बजेपछि बस चढेर बालुवाटार पुग्ने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org