ताजा समाचार

बीपी स्वास्थ्य प्रतिष्ठानले १०० श्ययाको सेवा विस्तार गर्ने

काठमाडाैँ २६, साउन ।   धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ ।

प्रतिष्ठान प्रशासनले सरोकारवालासँंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकूल वातावरण बनाउन प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएपछि औपचारिकरुपले अस्पताल सेवा विस्तारको तयारी शुरु भएको हो ।

 

पुरानो अस्पताल भवनसमेत रहेको उक्त स्थानको भौतिक पूर्वाधारको उपयोगसहित अस्पताल सञ्चालनको जिम्मेवारी विगतमा जिल्ला जनस्वस्थ्य मातहतमा रहेको स्थानीय तहमा समायोजन भएको स्वास्थ्य चौकी र यसअन्तर्गत सञ्चालित पाँच श्ययाको बर्थिङ सेन्टर, पुनःस्थापना गृहको व्यवस्थापनका विषयमा छलफल अघि बढाएको हो ।

उक्त स्थानमा बसोबास रहेको पाँच सुकुम्वासी परिवार, सवारी पार्किङ, प्रतिष्ठानकै चिकित्सकबाट सञ्चालित मिर्गौला रोगसम्बन्धी केएचडिसी कार्यक्रम, नगरस्तरीय वातावरण समन्वय समिति, प्रतिष्ठानको आवास, अन्य जीर्ण भवनलगायतको अवस्थाका विषयमा समेत यथार्थ जानकारी दिने कार्य भएको छ ।

तामाङले उक्त स्थानको व्यवस्थापनका विषयमा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासँंग पनि अस्पताल सञ्चालनका सम्बन्धमा छलफल गरिसकेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org