ताजा समाचार

बिराटनगर महानगरपालिकाको कार्यालयमा बम बिष्फोट

बिराटनगर २७,साउन ।

विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको हो ।

विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए । बस  विस्फोटबाट एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

बम विस्फोटका कारण अहिले स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरु त्रसित छन् । भवनलाई प्रहरीले घेरामा राखेको छ । बम विस्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org