ताजा समाचार

ठमेलमा अवैध मुगा कारोबारी विदेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले अवैध मुगा कारोबारी विदेशी नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले यमन नागरिक एल अस्री मोहामे यहा यहालाई ठमेलको एक होटलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको सुटकेस खानतलासी गर्दा मुगाको माला र विदेशी मुद्राहरु बरामद गरेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मुगाको कारोबार गर्न आएका  जुम्ला घर भएका नवीन चौलागाई, मुगु घर भइ बौद्ध बस्ने ग्याल्पु तामाङलाई समेत पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेका यमन नागरिकबाट ८ किलो मुगा, ५२ सय ३ अमेरिकी डलर, यमन मुद्रा १४ हजार, इजिप्टको मुद्रा ७५०, चाइनिज युआन ४९३ लगायत विभिन्न देशको मुद्राहरु बरामद गरेको छ । त्यस्तै ग्याल्पु तामाङको साथबाट ४६ थान मुगा बरामद गरेको परिसरका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org