सहकारी प्रकरणबारे कांग्रेससँग कुरा गर्छु : प्रचण्ड
काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सुचारु गराउने विषयमा कांग्रेससहितका प्रतिपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।
सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसदको हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो ।
२८ वैशाखदेखि सुरु हुने वर्षे अधिवेशनअघि नै कांग्रेस लगायतका प्रतिपक्ष दलहरूसँग छलफल गरेर त्यो समस्याको समाधान गरेर संसदलाई सुचारु गराउने प्रधानमन्त्री दाहालको भनाइ थियो । शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले सो सम्बन्धी समस्या समाधानका लागि सत्तारुढ दलहरूबीच छलफल भइरहेको पनि बताए ।
प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारीको अवसर सिर्जना हुनेगरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिन पनि पार्टीका सांसदलाई निर्देशन दिएको पार्टीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
समाजमा पछि परेको दलित उत्पीडितहरूलाई माथि उकास्ने गरी बजेट ल्याउनुपर्ने भएकाले त्यसैमा केन्द्रित भएर पार्टीका सांसदहरूले सुझाव दिनुपर्ने प्रधानमन्त्री दाहालले बैठकमा बताएका थिए ।
उनले विकास बजेटका लागि अत्याधिक माग भएको उल्लेख गर्दै भएका बजेटलाई समुचित ढंगले वितरण गर्नेगरी सुझाव दिन पनि पार्टीका सांसदहरूलाई सचेत गराएकाे प्रमुख सचेतक पाण्डले बताए ।
Comments
अरु समाचार
-
‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन्।...
-
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने...
-
प्रधानमन्त्रीद्धारा प्रेस चौतारीको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी ओलीद्धारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । प्रेस...
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
काठमाडाैंको मखनटोलमा आगलागी, एक महिलाको गयो ज्यान
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घरको तेश्रो...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...
-
नेपाली पासपोर्ट टेन्डरः प्रतिस्पर्धामा फ्रान्स, जर्मनी र पोल्यान्डका कम्पनी
काठमाडौं । राहदानी विभागले ६४ लाख पासपोर्ट छपाइका लागि अघि बढाएको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी आइरिसिस बाहिरिएको छ। विभागले सार्वजनिक...
-
ट्रम्प र साउदी राजाबीच इतिहासकै ठूलो रक्षा सम्झौता !
वासिङ्टन डीसी । अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड...
-
सगरमाथा संवादमा एक सय ७५ विदेशी प्रतिनिधि सहभागी हुने
काठमाण्डाै । आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । सिंहदरबारमा...