ताजा समाचार

सिंहदरबारमै सामान्य प्रशासन मन्त्रालयका उपसचिव कुटिए

काठमाडाैं २८, साउन । देशको मुख्य प्रशासकीय केन्द्र सिहंदरबारमा नेपाल सरकारका उपसचिव कुटिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । लालबाबु पण्डितले सम्हालेको मन्त्रालयका उपसचिवलाई आइतबार दिउँसो निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मुक्का प्रहार गरेको मन्त्रालय श्रोतले जनाएको छ ।

भण्डारीले कर्मचारी सरुवा आफू अनुकुल नभएपछि आचार्यमाथी जाइ लागेको जनाइएको छ ।

घटना लगत्तै मन्त्री पण्डितलाई जानकारी गराइएको थियो भने, उनले आवश्यक छानविन गरेर दोषीलाई कारवाही हुने आश्वासन दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org