ताजा समाचार

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ लाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडाैं २८, साउन । विप्लव नेतृत्व नेकपाका प्रवक्ता तथा पूर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)लाई ४८ घण्टा भित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

नरेन्द्रबहादुर सिंह विकले आइतवार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन भनेको छ ।

प्रकाण्ड हाल प्रहरी हिरासतमा छन् । चन्दा एेन २०३० अनुसार अनुसन्धान गर्न आइतबार मात्र उनलाई जिल्ला अदालत, काठमाडौंले थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो।

बुधबार प्रहरीले व्यापारीहरुसँग अवैध रुपमा चन्दा उठाएको आरोपमा प्रकाण्डसहित हरिचन्द्र आचार्य,मनबहादुर श्रेष्ठ लगायतका नेताहरुलाई काठमाडाैं आउदै गरेको घवस्थामा दक्षिणकालीबाट पक्राउ गरेको थियो ।

उनी २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए । यसका साथै उनको गिरफ्तारीका विरुद्व नेकपाले विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org