ताजा समाचार

१ हजारमा ,बुई चढेर नदि वारपार

काठमाडाैँ २९, साउन ।  गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्ग जोड्ने रतिखोलमा पक्क्ी पुल नहुँदा यात्रुलाई सास्ती भएको छ ।

खोलामा बाढी आएपछि स्थातीयवासी घण्टौँ अलपत्र पर्ने गरेका छन् ।

पुल नभएकै कारण सार्वजनिक सवारी साधन नचलेपछि रातिखोला भएर आवतजावत गर्ने यात्रुलार्य सास्ती भएको हो ।

स्थानीयले एक हजार रुपैयाँसम्म लिएर यात्रुलाई वारपार गराउँछन् ।

रातिखोलाको नजिकै बस्दै आएका रामेश्वर विकले आफ्ना लागि बर्षायाम रोजगारीको राम्रो माध्यम हुने बताए । दिनभरि खोला किनारमै बसेर यात्रुलाई वारिपारि तार्ने काम गर्छु उनले भने, पानीको वहाव हेरे रकम
लिने गरेको छु, जोखिमपुर्ण काम भएकाले एक हजार रुपैयाँसम्म लिने गरेको छु ।,

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org