ताजा समाचार

विप्लप माअोवादिको बन्दको प्रभाब: कहाँ कहाँ बम बिष्फोट भयो?( अपडेट)

काटमाडाेँ २९, साउन ।   विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव छिटफुट रुपमा परेको छ । विप्लपका कार्यकर्ताले देशका विभिन्न ठाउँमा शंकास्पद वस्तु राखेर जनजिवन प्रभावित पार्न खोजेका छन् ।

काठमाडौंको गोकर्णेश्वर

बन्द सफल पार्न बन्दकर्ताले काठमाडौंको गोकर्णेश्वर नगरपालिका -२ नयाँपाटीमा मंगलबार बिहान ६: ३० बजे प्रेसर कुकरमा तार बाँधेर खतरा लेखिएको वस्तु भेटिएकाे थियाे । स्थानीयकाे खबर पछि तत्काल उक्त स्थानमा सुरक्षाकर्मी पुगेका थिए । शंकास्पद वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको हाे ।

ललितपुरको लगनखेल

लगनखेलमा  बम राखिएको थाहा भएपछि नेपालि प्रहरि , नेपालि सेनाको बम डिस्पोजन टोलि को सक्रियतामा बम डिस्पोजल गरिएको कुनै किसिमको क्षति नभएको र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने आशंका प्रहरीको छ ।

 

विप्लव समूहले बन्द आह्वान गरेको दिन मंगलबार अन्य स्थानमा पनि बम भेटिएका छन् । ललितपुर प्रहरि प्रवक्ता प्रहरि नायक निरिक्षक नरेन्द्र चन्द ले न्युज-नेपाल संग कुरा गर्दै जानकारि दिए

भक्तपुरको सूर्यविनायक र लोकन्थली

त्यस्तै सूर्यविनायक र लोकन्थलीमा बिहानै प्रेसर कुकर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

महोत्तरीको बर्दिवास

त्यस्तै, पुर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास -१ स्थित रातो ठहरा पुलको छेउमा प्रेसर कुकर बम फेला परेको छ । विहान ८ बजे राजमार्गमा बम भेटिएपछि पुगेको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको थियाे । बम डिस्पोज गरेपछि राजमार्ग सुचारु भएको छ ।

बाजुराको बडीमालीका

त्यस्तै, बाजुराको बडीमालीका नगरपालिका कार्यालयको मुल गेटमा बाल्टिन बम फेला परेको छ । मंगलबार विहान ६ बजे कार्यालयको गेटमा बम भेटिएपछि प्रहरीले नगरपालिका वरपरको स्थानमा सुरक्षा व्यवस्था कडा पारेको छ । बम कसले राखेको हो भनी एकिन हुन नसकेको प्रहरीले बताएको छ । बम डिस्पोज नहुँदा सम्म नगरपालिका र वरपरको क्षेत्रमा आवतजावत बन्द गरिएको छ ।

रौतहटको चन्द्रपुर

त्यस्तै, रौतहटको चन्द्रपुर-५ मा भेटिएको शंकास्पद वस्तु अटो मेटिक बम भएको नेपाली सेनाले जनाएको छ । पूर्व पश्चिम राजमार्गमा बम भेटिएपछि सवारी आवागमन बन्द गरिएको छ । बम डिस्पोजको लागि एक घण्टादेखि राजमार्ग अवरुद्ध गरिएको हो ।

झापाको गौरादह

झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताए । प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा रहेको छ ।

लमजुङको राइनस

लमजुङको राइनस नगरपालिका -५ मा सुतली बम फेला परेको छ । राइनस नगरपालिका -५ को सिम्ले र कैनिटार दुई स्थानमा उक्त बम फेला परेको हो । बिहानै शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । घटनास्थलमा तत्कालै इलाका प्रहरी कार्यालय भोटेवडार र तिनपिप्ले प्रहरी चौकीका टोली खटिएका छन् । साथै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको टोली समेत उक्त ठाउँमा पुगेको स्थानीयले बताए ।

ललितपुरको कुपोन्डोलमा 

ललितपुरको ज्वागलमा बम फेला परेको छ।

बम निष्क्रिय पार्न सेनाको टोली त्यस क्षेत्रमा जाँदै छ। बम कसले राखेको भन्ने एकिन नभए पनि मंगलबार बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव माओवादीले राखेको हुन सक्ने प्रहरीको आशंका छ।

‘बम निष्क्रिय गर्न सेनाको टोली सो क्षेत्रमा जाँदै छ’, ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐरले भने’, बाँकी अनुसन्धान हुँदैछ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org