ताजा समाचार

गरिबको लागि बनाएको अपार्टमेन्टमा सांसदहरुलाई राख्न माग

काठमाडाैँ २९, साउन । नेपाली कांग्रेसका सांसद दिब्यमणि राज भण्डारी गरीबका लागि बनाइएको अपार्टमेन्टमा सांसदहरुलाई राख्न माग गरेका छन् ।

सहरी गरीब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि नार्गाजुन नगरपालिकाको इचंगुनारायणमा बनाएको अपार्टमेन्ट हाल प्रयोगविहीन छन् । गृह मन्त्रालयले त्यही अपार्टमेन्टलाई प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास बनाउने गृहकार्य थालेको छ ।

कांग्रेस सांसद भण्डारीले भने त्यहाँ सांसदहरुलाई राख्न आग्रह गरेका छन् । उनले भने, ‘उनीहरु धेरै यहाँ बस्ने होइन । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको सट्टा हाम्रै सांसदहरु लाई बस्ने ब्यबस्था गर्नु पर्छ ।, सांसदहरुलाई बस्न सुविधा छैन । अर्को व्यवस्था नहुँदासम्म बस्ने व्यवस्था गर्न अनुरोध गर्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org