ताजा समाचार

बेरोजगारीलाई सय दिनको रोजगारी दिदै सरकार

काठमाडाैँ ३० , साउन । सरकारले अब एक सय दिनको रोजगारी ग्यारेन्टी गर्नेभएको छ । परिवारका कुनैपनि सदस्य रोजगार नभएको परिवारमा एक जनालाई कम्तिमा सय दिनसम्म सरकारले रोजगारी दिने भएको हो ।

प्रतिनिधि सभाको उद्योग वाणिज्य श्रम उपभोक्ता संसदीय समितिको बैठकमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले रोजगारी नभएको परिवारको सदस्यलाई निर्माण, गैरसरकारी तथा अन्य क्षेत्रमा वर्षभर १ सयदिन रोजगारी दिने कार्यविधि बनेको जानकारी दिए ।

कार्यविधि मन्त्रिपरिषदबाट पारित हुन बाँकी रहेको उनले बताए । स्थानीय तह, प्रदेश तथा अन्य व्यावसायिक संस्थाहरूसँग सम्झौता गरी रोजगारी ग्यारेन्टीको कार्यक्रम सञ्चालन हुनेछ ।

यो कार्यक्रममा रोजगारी पाउनेले सरकारले तोकेको न्यूनतम ज्यालाको आधा रकम सरकारको तर्फबाट पाउने छन् । कार्यक्रमका लागि ३ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org