ताजा समाचार

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्नेः गृहसचिब राई

काठमाडाैँ ३० साउन ।  गृहसचिव प्रेमकुमार राईले प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि आफूले विशेष पहल गरिने बताएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण तथा अवलोकन गर्ने क्रममा उनले प्रहरी अस्पतालले अन्य अस्पतालसरह उत्कृष्ट स्वास्थ्य सेवासुविधा प्रदान गर्दै आएकाले यसलाई मेडिकल कलेज बनाउन आवश्यक पहल गर्ने आश्वासन दिए ।

सचिव राईले सबै सेवाग्राहीलाई समान रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिदैं अस्पतालले प्रदान गर्ने स्वास्थ्य सुविधा वृद्धि गर्दै लैजानुपर्ने बताए । अस्पतालमा कार्यरत जनशक्तिलाई अझै दक्ष बनाउन स्वास्थ्य मन्त्रालयसँग समन्वयन गर्ने पनि उनले बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताललाई नमूना अस्पतालका रुपमा विकास गर्न अझै उत्कृष्ट र बिरामीमैत्री सेवा सुविधा प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै उत्कृष्ट सेवा प्रदान गरेमात्र प्रहरी अस्पताल सबैको नजरमा राम्रो अस्पताल साबित हुने धारणा व्यक्त गरे। अस्पतालका मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले विविध समस्याका बाबजुद अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, अस्पताल व्यवस्थापन, बिरामीलाई गर्ने व्यवहार र औषधि वितरणमा सकारात्मक परिवर्तन गरिरहेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org