ताजा समाचार

डडेल्धुराका स्थानीय तहले अझै आयव्ययको प्रतिवेदन बुझाएनन्

काठमाडाैँ ३१, साउन ।  जिल्लाका ७ वटै स्थानीय तहले अहिलेसम्म गत आर्थिक वर्ष ०७४/७५ को अायव्यय प्रतिवेदन बुझाएका छैनन ।

हरेक त्रैमासिकको खर्च तथा प्रगति विवरण त्रैमासिक अवधि सकिएको एक हप्ता भित्रै र आर्थिक वर्षभरिको खर्च विवरण आर्थिक वर्ष सकिएको दुई हप्ताभित्र कोष तथा लेखा नियन्त्रणको कार्यालयमा पेश गर्नूपर्ने प्रावधान भएपनि यहाँका स्थानीय तहले चालु आबको पहिलो महिना बितिसक्दा पनि  अघिल्लो वर्षको विवरणा  पेश गरेका छैनन् ।

गत अाबको  खर्च विवरण अझै नबुुझाउँदा सर्वसाधारण सूचनाको हकबाट बन्चित भएको नागरिक समाजका अगुवाहरुले बताएका छन् । प्रदेश ७ का अधिकांश स्थानीय तहले गत आबको असार मसान्तका बेला अन्धाधुन्ध वजेट खर्च गरेको र हाल प्रकृया पुर्‍याउन थालेकाले विवरण पेश गर्न ढिला गरेकाे स्थानीयवासीकाे आरोप छ ।

चालु आबको पहिलो महिना बित्नै लाग्दा पनि डडेल्धूराका कुनैपनि स्थानीय तहले आयव्यय विवरण नबुझाएको कोष तथा लेखा नियन्त्रणको कार्यालय डडेल्धूराले पुष्टि गरेकाे छ ।

वजेट बिनियोजनका छुट्टाइएका शीर्षकहरु अनुसार आन्तरिक लेखापरीक्षण र महालेखाबाट लेखा परीक्षण गरी आर्थिक वर्ष सकिएको एक महिनाभित्रै कोष तथा लेखा नियन्त्रणको कार्यलयमा पेश गरिसक्नु पर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org