चोरीको गाडी हवल्दारको निवासमा
नवलपरासी १, भदौ । एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ ।
बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो ।
गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ का दिलीप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराललाई पक्राउ गरेको छ ।
गाडी चोरी भएपछि बुटवल, भैरहवा, नवलपरासीलगायतका ग्यारेजमा गाडी खोज्ने क्रममा प्रहरीले सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी जवान गुमानसिंह कुमाललाई ग्राहक बनाएर पुरानो गाडी किन्नु छ भन्दै पठाएको थियो ।
गाडी खोज्ने क्रममा सैनामैनाका दिलीप बोहाराले आफूसँग गाडी भएको बताएका थिए । बोहोराले रु १५ लाख मागे पनि रु सात लाखमा गाडी खरिद गर्ने कुरा मिलेको थियो । बिक्री गर्न लागिएको गाडी उपलब्ध गराउन बोहोरा र जानकीले प्रहरी जवान कुमाललाई लिएर चौधरीको घरमा पुगेका थिए ।
प्रहरी जवान कुमाललाई देख्नेबित्तिकै गाडी नजिक रहेका सशस्त्र प्रहरीका हवल्दार चौधरी भाग्न खोजे पछि कुमालले चौधरीलाई नियन्त्रणमा लिएका थिए भने अन्यलाई पिछा गर्दै गएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
एक हप्तासम्म गाडी बिक्री नभएपछि चोरीका मुख्य नाइके चौधरीले गाडीको नम्बर निकालेर भारतीय नक्कली बिलबुकसमेत बनाएर राखेका थिए ।
बिआर २२ एन ०९८८ नं को नक्कली स्कोरपियोको भारतीय बिलबुक बनाएका उनीहरूले एक दुई दिनमा भारत लगेर बिक्री गर्ने तयारी गरेको समेत अनुसन्धानमा खुलेको छ । चोरीमा संलग्न तीनैलाई चोरी मुद्दामा कारबाही अघि बढाइएकोे छ ।
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
हिरासत कक्षबाट आठ थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
दुर्घटना हुँदा दुईजनाको मृत्यु
काठमाडौं । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको...
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग अस्ट्रेलिया तीन विकेटले पाराजित
काठमाडौं । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा...
-
भाइको हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८...